एजेन्सी । दक्षिण अफ्रिकामा मान्छेको मासु खाएर आफू थाकिसकेको बताउँदै एक नरभक्षीले प्रहरीसमक्ष आत्मसामर्पण गरेपछि नरभक्षीको आरोपमा ४ जनालाई आदालतमा उभ्याइएको छ ।

अदालतमा उभ्याइएका २२, २९ र ३२ वर्षीय पुरुषमाथि हत्या र मानव अंग खाएको र अर्को ३१ वर्षीयमाथि मानव अंग भक्षण गरेको आरोप लगाइएको छ । तीमध्ये एकले दक्षिण अफ्रिकको पूर्वीप्रान्तको क्वाजुलु नातालमा पर्ने इस्टकोर्ट नगरमा प्रहरीसमक्ष मान्छेको मासु खाएको बयान दिएका थिए । उनले ‘ मान्छेको मासु खाएर थकित भइसकेको’ बताएका थिए ।

प्रहरीले ती व्यक्तिको घरमा खानतलासी गर्दा मानव अवशेष फेला पारेका थिए । उक्त घटनाको छानविनका क्रममा अन्य दुईजनालाई सोही शहरबाटै पक्राउ गरियो । एक संदिग्ध न्यान्गा भनेर चिनिने परम्परागत रोग उपचारक अर्थात धामी थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments