काठमाडौं । आंशिक प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर र रजिष्ट्रारलाई कोठामा थुनेका छन् ।

आन्दोलनरत प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पस परिसरमा थुनेका हुन् ।

आंशिक प्राध्यापक संघले आफ्नो माग पूरा नभएसम्म उहाँहरुलाई बाहिर निस्कन नदिने अडान लिएका छन् । शिक्षकहरुले आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै आएका छन् ।

प्रधानमन्त्री निवास बालुवटारमा धर्ना दिँदै आएका उनीहरुले धर्ना सकेर मंगलबार बल्खु गएर भीसी, रेक्टर, र रजिष्ट्रारलाई कोठामा थुनेको बताइएको छ ।

कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आंशिक प्राध्यापकहरुको माग सम्बोधन गर्न कुनै तदारुकता नदेखाएको आरोप लगाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments