काठमाडौँ । व्यवस्थापिका संसद्को विकास समितिले बाढी, पहिरो र डुबानबाट क्षति भएको भौतिक पूर्वाधार तत्काल निर्माण गरी जनजीवन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मङ्गलवार बसेको बैठकले बाढी, पहिरो र डुबानबाट क्षति भएको भौतिक पूर्वाधार निर्माणका लागि बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई सचेत गराएको छ । बैठकले भौतिक पूर्वाधारको क्षति र निर्माणसम्बन्धि विस्तृत कार्ययोजना बनाई पाँच दिन भित्र समितिमा पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ ।

बाढी, पहिरो र डुबानबाट भएको क्षति र त्यसको निर्माणसम्बन्धि विस्तृत कार्ययोजना ५ दिन भित्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिनु भयो ।

समितिले बाढी, पहिरो र डुबान नियन्त्रणसम्बन्धि दीर्घकालीन योजना तर्जुमा गरी कार्यान्वयनमा लैजान पनि सरकारलाई पुनः सचेत गराएको छ । समितिका सभापति अधिकारीले बाढी, पहिरो र डुबान नियन्त्रणसम्बन्धि दीर्र्घकालीन योजना बनाउन पनि सरकारलाई निर्देशन दिइएको बताउनु भयो । समितिले योजना तर्जुका गर्नका लागि तत्काल बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र कार्कीले विपद् व्यवस्थापनका लागि वन मन्त्रालयले सहयोग नगरेको गुनासो गर्नु भएको थियो । उहाँले तराईका विभिन्न जिल्लामा तत्काल पूर्वाधार निर्माणका काम गर्न त्यहाँको वन कार्यालयहरूले सहयोग नगरेको पनि स्पष्ट पार्नु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments