एजेन्सी । अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानलाई आतंकवादीको सुरक्षित केन्द्र बन्न नदिने दाबी गर्नु भएको छ ।

भर्जिनियाको एक सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले पाकिस्तान आतंकवादको अखडा बन्दै गएको त्यो आफूलाई सह्य नभएको बताउनुभयो । पाकिस्तानको विकास र सम्बृद्धिका लागि अमेरिकाले पाकिस्तानमा अर्बौ डलर सहयोग गरे पनि पाकिस्तानले अमेरिकी सहयोग आतङवादलाई प्रश्रय दिने कार्यमा खर्चिएको ट्रम्पको आरोप छ ।

उनले अमेरिकाले पाकिस्तानमाथि नयाँ नीति लागू गर्न लागेको पनि बताए । पाकिस्तानबाट अमेरिकी सैना हटाएमा इराक जस्तै बन्ने भएकाले पाकिस्तानलाई इराक बन्न नदिने पनि बताए ।

राष्ट्रपति  ट्रंपले पाकिस्तानमा रहेको अमेरिकी सेनाको संख्या बडाउने वा घटाउनेबारे भने केही बताएनन् । तर शीर्ष कमाण्डर जेनरल जोन निकोलसनले भने ४ हजार अमेरिकी सेना  पठाउन आग्रह गरेको अमेरिकी सञ्चारमाध्यले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments