मेलबर्न । विश्वव्यापी रुपमै फेशन डिजाइनिङ्गप्रति विद्यार्थीहरुको आकर्षण बढ्दै गईरहेको छ  । यसमा करियरको राम्रो अवसर पनि  छ ।  अष्ट्रेलिया आएर पढ्न चाहने विद्यार्थीहरुको लागि यहाँ पनि यस विषयको पढाई राम्रो मानिन्छ ।

फेशन डिजाइनिङ्गमा स्नातक तहको कोर्स सामान्यतया चार वर्षको हुन्छ । यो फुल टाइम कोर्स हो । स्नातक तहको यो कोर्स गर्नको लागि वार्षिक १८,८९१ डलर शुल्क लाग्छ । छात्रवृत्तिको लागि पनि यस कोर्समा सहायता खोज्न सकिन्छ ।

फेशन डिजाइनिङ्ग पढ्नको लागि आइएलटिएस मा न्युनतम ६.५ अंक ल्याएको हुनुपर्छ भने पीटिइ ए मा न्युनतम ५८ ल्याएको हुनुपर्छ । शैक्षिक संस्थाले विद्यार्थी छनोट गर्ने प्रक्रिया जस्तै, डेमो परिक्षा, अन्तर्वार्ता आदि फरक फरक हुन सक्ने भएकोले शैक्षिक संस्थाहरुको वेबसाइट मार्फत सो जानकारी लिन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments