काठमाडौं । विश्वस्तरिय फिल्म अवार्ड ‘ ओस्कार अवार्डको’ लागि नेपालबाट दिपक रौनियारको निर्देशन रहेको चलचित्र ‘सेतो सूर्य’  छनोटमा परेको छ ।

विदेशी भाषा फिल्म विधामा ९० औं ओस्कार अवार्डको लागि नेपालबाट राजनीतिक विचारले उत्पन्न द्धन्दको कथामा आधारीत सेतो सूर्य छनोटमा परेको हो ।

८८ मिनेट लामो फिल्म सेतो सूर्यले फ्रिवर्ग फिल्म अवार्डमा मात्र ४ विधामा अवार्ड हात पारेको थियो। यस्तै पाल्म स्प्रिङ फिल्म महोत्सवमा ग्रान्ड जुरी अवार्ड, भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म र बेस्ट गरी दुई अवार्ड र सिंगापूर फिल्म फेस्टिभलमा बेस्ट एसियन फिल्म अवार्ड हात पारेको थियो।

चलचित्रमा दयाहाङ राइ, रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments