काठमाडौं । सरकारले आउँदो २०७४ मंसिर १० गते आइतबार प्रदेशसभा र सङ्घीय व्यवस्थापिकाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको छ । प्रदेशसभा र सङ्घीय संसद् गरी जम्मा ८८४ सदस्यका लागि एकैपटक निर्वाचन हुन लागेको हो । मङ्सिर १० मा ८२५ पदका लागि मात्रै मतदान हुनेछ । राष्ट्रिय सभाको ५९ सदस्यका लागि भने निर्वाचन फेरि पछि हुने जानकारी निर्वाचन आयोगले दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र सङ्घको निर्वाचन एकै दिन मङ्सिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिनुभयो ।

संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि पहिलोपटक दुवै निर्वाचन एकैपटक हुन लागेको हो । संविधानले २०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेशसभा र सङ्घीय व्यवस्थापिकाको निर्वाचन हुनैपर्ने व्यवस्था गरेको छ ।

प्रदेशसभाको निर्वाचन हुन लागेको यो नेपालको इतिहासमै पहिलोपटक हो । संविधानअनुसार प्रदेशसभा एक सदनात्मक हुनेछ तर त्यसमा प्रतिनिधित्व भने प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा हुनेछ । सङ्घीय व्यवस्थापिका राष्ट्रियसभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक हुनेछ ।

निर्वाचन गराउन आयोग तयार

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सरकारले तोकेको मितिमा निर्वाचन गराउन आयोग तयार छ भन्नुभयो । आयुक्त दाहालले भन्नुभयो, ‘निर्वाचनको मिति आयोगकै परामर्शमा तोकिएको हो, आयोगले निर्वाचन गर्नसक्ने भएकाले नै सरकारलाई परामर्श दिएको हो, समय छोटो छ, धेरै तयारी गर्न बाँकी छ ।’

निर्वाचन गराउन अब आयोगलाई के समस्या छ भनी राखिएको जिज्ञासामा आयुक्त दाहालले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ऐन आयोगलाई तुरुन्त चाहियो, त्यसपछि निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आउनुप¥यो, त्यो नआई निर्वाचन कहाँ गराउने भन्ने टुङ्गो लाग्दैन, तसर्थ ऐन र प्रतिवेदन छिटो चाहियो भन्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments