काठमाडौं । सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधेयक असफल भएको छ । विधेयक पारित हुन आवस्यक दुई तिहाइ बहुमत पुग्न नसकेपछि संविधान संशोधन विधेयक असफल भएको हो ।

संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गरिएपछि भएको मतदानमा प्रस्तावको पक्षमा ३ सय ४७ र विपक्षमा २ सय ६ मत परेको थियो । प्रस्तावको पक्षमा बुहमत देखिए पनि प्रस्ताव पारित हुन आवश्यक पर्ने दुई तिहाइ मत नपुगे पछि प्रस्ताव असफल भएको हो । तराई केन्द्रित दलहरुको माग बमोजिम सरकारले गत चैत २३ गते ससंविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो ।

लामो समय विचाराधिन रहेको प्रस्ताव आज संसदमा निर्णयार्थ प्रस्तुत हुँदा दुई तिहाई भन्दा ४८ मत कम भएपछि पारित हुन सकेन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments