काठमाडौं । सरकारले अनलाईनमार्फत् विद्युत महशुल भुक्तानी गर्ने प्रणाली संचालनमा ल्याएको छ ।

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले सोमबार विद्युतीय अनलाईनमार्फत् विद्युत महशुल भुक्तानी गर्ने प्रणालीको शुभारम्भ गर्नु भएको हो ।

विद्युत महशुल तीर्न ग्राहकहरुले घण्टौं लाईन बस्नुपर्ने अवस्था भईरहेका बेला सरकारले सो सेवालाई छिटो, छरितो र सहज ढंगले अघि बढाउन अनलाईनमार्फत विद्युत महशुल भुक्तानी गर्ने व्यवस्था गरेको हो ।

इन्टरनेट सेवा उपलब्ध भएको स्थानबाट तथा मोबाईल फोनमार्फत् यो सेवा लिन सकिने व्यवस्था गरिएको मन्त्री शाहीले बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणलाई प्रविधि मैत्री बनाउँदै लैजाने नीति अन्तरगत अनलाईनमार्फत् महशुल भुक्तानी गर्ने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो ।

सरकारले विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणको सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको छ ।

उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई सूचना मैत्री बनाउँदै प्राधिकरणको सेवा र प्रणालीलाई थप आधुनिक बनाउन स्मार्ट ग्रिड र स्मार्ट मिटरिङलाई निकट भविष्यमा संचालनमा ल्याउने तयारी भइरहेको जनाएको छ । मन्त्री शाहीले विद्युत उर्जामार्फत् देशलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको दावी समेत गर्नु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments