एजेन्सी । दोस्रो विश्वयुद्घमा हराएको युएसएस इन्डियानापोलिस नामक समुद्री युद्घपोत प्रशान्त महासागरमा ७२ वर्षपछि भेटिएको छ ।

जापानको पनडुब्बीले दोस्रो विश्व युद्घमा युएसएस इन्डियानापोलिसलाई नष्ट पारेको थियो । ३० जुलाई १९४५ मा युद्घपोतले हिरोसिमामा प्रयोग भएको आणबिक बम गोप्य मिशनद्वारा पठाएको थियो ।

युद्घपोतमा १ हजार १ सय ९६ नौसेना रहेका थिए जसमध्ये ३ सय १६ जनालाई उद्घार गरिएको थियो । अमेरिकी नौसेनाको इतिहासमा सबैभन्दा ठूलो मानवीय क्षति भएको हो ।

 

Comments

comments