काठमाडौं । फरक धारको अभिनयका कारण आफ्नो छुट्टै स्थान बनाउन सफल बनेका बलिउड अभिनेता नवाजुद्दिन सिद्दकीका अनुसार अहिलेका कलाकार मध्ये उनले सबैभन्दा बढी पारिश्रमिक लिन्छन्।

एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् ।

अन्तर्वार्ताको क्रममा उनले हरेक निर्माताले आफूलाई पारिश्रमिक बारेमा बोल्नै नपर्ने गरी दिन थालेको बताएका थिए ।

कालो वर्णको कारण कला क्षेत्रमा निकै संर्घष गर्नुपरेको उनले भारतमा पनि निकै राम्रो फिल्म बन्न लागेको बताउँदै भारतीयले त्यसमाथि गर्व गर्नुपर्ने बताए।

Comments

comments