मेलबर्न । नेपाल अष्ट्रेलिया वेलफेयर सोसाइटी (नवाज) ले अष्ट्रेलियाव्यापी ‘ सिड्नी मेट्रो नवाज कप फुटबल प्रतियोगिता’ सम्पन्न गरेको छ। प्रतियोगिताको फाइनलमा फेवा क्लबलाई १-० गोलले पराजित गर्दै दी राइजिङ गोर्खाज क्लबले उपाधि जितेको थियो।

सोही फुटबलको रात्रीभोज र पुरस्कार समारोह स्थगित गरेर नवाजले त्यसका लागि छुट्टाइएको पाँच लाख बराबरको रकम नेपालको बाढीपीडितलाई प्रदान गर्ने निर्णय गरेको हो ।

तामझामका साथ कार्यक्रम सम्पन्न गर्नुभन्दा मुलुकमा देखिएको पछिल्लो परिस्थितिका कारण बाढी पीडितलाई सहयोग गर्नु उपयुक्त भएको भन्दै सो रकम आयोजक, प्रायोजक र सहभागी टीम सबैको सहमतिमा प्रदान गरिएको हो ।

नवाजले शनिबार सामान्य चियापान कार्यक्रम गरि विजेता दि राइजिङ गोर्खाज र उपविजेता फेवा फुटबल क्लबलाई ट्रफी र नगद हस्तान्तरण गरेको थियो ।

Comments