संस्कृति जातिको पहिचान हो । प्रत्येक जातिको आ–आफ्नै मौलिक संस्कृति हुन्छ । प्रत्येक जातिले आ–आफ्नो संस्कृति संरक्षण र सम्वद्र्धन गर्नु आफ्नो जातीय कर्तव्य हो । हाम्रो नेपाली समाज विभिन्न जातीय पूmलबारी मिलेर बनेको छ । नेपाली समाजको सामाजिक संरचना जातिपिच्छे फरक छ । नेपाली समाजको संस्कृति भन्नाले विभिन्न जातजातिको भाषा, भाषी, धर्म, साहित्य, कला, दर्शन, इतिहास आदि विषयको परम्पराको समष्टिरुप मान्नुपर्दछ । संस्कृतिले विभिन्न जातजाति, भाषाभाषी र धर्म आदिको विशेषतालाई चिनाउँछ । ती संस्कृतिहरु सुखमय जीवनयापनको लागि नभई नहुने हुन्छ । यसै सन्दर्भमा नेवारी संस्कृतिमा निकै लोकप्रिय ‘समय्बजि’ लाई लिन सकिन्छ ।
Samaya Baji2
समय् भोय् नेवारहरुको विशेष संस्कृति हो । हुनत समय्को अर्थ यही हो भन्न कठिन छ, तापनि समय् भनेको साधारण रुपले हेर्ने हो भने स्याःबजि (एक प्रकारको च्युरा), हाकु मुस्या (कालो भटमास), पालु कुचा (अदुवाको टुक्रा), ङा (माछा) र वो (बारा) को पञ्च तत्व स्वरुपको तान्त्रिक खानेकुरा हो भन्ने बुझ्नुपर्दछ । स्याःबजि भन्नाले आकाशको प्रतीक, हाकु मुस्या भन्नाले वायुको प्रतीक, अदुवाका टुक्रा तेजको प्रतीक, माछा जलको प्रतीक र बारा पृथ्वीको प्रतीकको रुपमा लिएका छन् । यी पञ्चतत्वयुक्त खानेकुरालाई नेवारी संस्कृतिमा विभिन्न देवदेवीहरुलाई नैवैद्यको रुपमा चढाइन्छ । यी पञ्चतत्वमा अरु तीन प्रकारका खानेकुराहरु उसिनेर तारेको अण्डा, बोडी उसिनेर भुटेको र चिउरा मिसायो भने समय्बजि बन्दछ । आजभोलि यो समयबिजमा अरु विभिन्न खानेकुराहरु पनि समावेश गरिएको पनि पाइन्छ । जस्तैः आलुको परिकार, हरियो सागसब्जीको परिकार, काँचो लसुनको परिकार, काँचो मुछिएको मासु (न्हायागु कँचिला), पोलेको मासु (छुयागु छुयला) आदिलाई समय् भोय् पनि भनिन्छ । समय् सँगै रक्सी र जाँड पनि चाहिन्छ । तर हिजोआज चिया, सर्बत, कोक आदि प्रचलनमा ल्याएको पाइन्छ । भोज र समय् भोय्मा केही फरक छन् । समय् भोय्मा भोजमा जस्तै विभिन्न परिकारहरु पछि थप राख्न ल्याउँदैनन, पहिलै नै राखेको हुन्छ । कुनै कुनै बेलामा चतामारी, स्वारी, मालपुवा, हलुवा आदि पनि समावेश गरिएको हुन्छ । समय्बजि नेवारी पूजाआजामा सबैभन्दा पहिले देवीदेवताको पूजा गरिसकेपछि देवीदेवताको टीका, माला, फूल  लिइसकेपछि प्रसादको रुपमा खाने चलन छ ।
समय्बजी   अथवा समय् भोय् खाँदा हुने फाइदाहरु र यसका महत्व, उपयोगिता, सान्दर्भिकता, प्रयोजन, जनविश्वास, लोकप्रियता आदिबारे विस्तृत रुपमा अध्ययन अनुसन्धान गर्नुपर्दछ । नत्र यस्ता तान्त्रिक खानेकुराहरु हाम्रा अग्रजहरुले खानका लागि मात्र नीति नियम बनाएको कदापि होइनन् । यस विषयमा आम नेवारहरुको लागि मात्र नभई सम्पूर्ण नेपालीहरुका लागि एउटा खोजको विषय बनेको छ ।
साभारः ‘काभ्रे टाइम्स’ साप्ताहिक, वर्ष ५, अंक १७, २०५८ साल बैशाख २५ गते मंगलबार

Comments