काठमाडौं । सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरी मंसिर १० गतेको मिति तोकेको हो ।

सोमबारको बैठकले गरेको निर्णयका विषयमा निनर्वाचन आयोगलाई लिखित रुपमा पठाउने सरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । निर्वाचन एकै चरणमा गर्ने वा दुई चरणमा गर्ने भन्नेबारे निर्वाचन आयोगले नै टुंगो लगाउने पनि उहाँले जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एजेण्डा, उठाउनुपर्ने विषय माथि छलफल गरी बैठकले स्पष्ट एजेण्डा तय गरेको छ । सञ्चारमन्त्री बस्नेतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले पुराना संन्धि सम्झौतालाई पुनरावलोकन गर्ने, लक्ष्मणपुर बाँध, कोशी बाँधलगायत विभिन्न बाँधबाट पुगेको क्षति र नोक्सानीजस्ता विषयमा छलफल गरिने छ ।

त्यसैगरी कोशी बाँध बनाउने समयमा भारत सरकारले दिने भनिएको भारतीय रुपैयाँ ५० करोड अहिलेसम्म उपलब्ध नगराइएको विषयमा पनि छलफल गरिने बताइएको छ । भ्रमणका क्रममा पञ्चेश्वर वहुउद्देश्यि आयोजनाको बारेमा छलफल हुनुका साथै सन् १९५० को सन्धिका असर र प्रभाव तथा दुईपक्षीय सुपुर्दगी सन्धि, नेपाल भारत अन्तरदेशिय रेल सेवा संञ्चालन, वाणिज्य व्यापार तथा लगानीलगायत विषय भ्रमणका क्रममा प्राथमिकतामा राखिने छ ।

त्यसैगरी भुकम्प पुनः निर्माण प्राधिकरणलाई भारतले दिने भनिएको रकम अहिले सम्म उपलब्ध नगराएकाले अबिलम्ब उपलब्ध गराउन पनि भारतको ध्यानाकर्षण गराईने भएको छ ।प्रधानमन्त्री देउवा बुधबार भारतको औपचारीक भ्रमणका लागि त्यस तर्फ प्रस्थान गर्नुहुने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments