विराटनगर। डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको घर भत्काएको थियो ।

घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट पाँच सय र एक सयको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मगन्तेका रुपमा मण्डलले त्यो रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि नोटको बोरा निकाल्न नसकेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments