–कामना न्यौपाने

शीर निहुराई,
जब म ढोगेर उठ्छु,
मुस्कुराइरहेका मेरा बाबा पाउँछु,
त्यो चारकुने फ्रेमभित्र,
अगाडि बलिरहेको दियोसँगै ।

सोंच्छु,

मेरा थपिदै गरेका वर्षसँगै
हजुरको आशिर्वाद लिन पाए !
कर्तव्य, जिम्मेवारीका बीच
हजुरले गुजारेका वर्षहरुका
ती अनुभवहरु सुन्न पाए !
तर पनि म त हजुरकी भाग्यमानी छोरी हुँ बाबा ।

बेपत्ता पारिएका ती
बाबुहरुका सन्तानहरुले
अनिश्चतताको बाटो हेर्दै गर्दा,
म त हजुरलाई सम्झेर
तर्पण दिन सकेकी छु ।

बाबाको अनुहार हेर्न नपाई
टुहुरा बनेका छोराछोरीले
काल्पनिक चित्र कोर्दै गर्दा,
हातमा बाबुछोरीको तस्विरसंगै
म केहि क्षण मुस्कुराएकी छु ।

बाबालाई अकालमा मारिएको
त्यो घटना सम्झनेहरूको भिडमा,
म त हजुरसँग बिताएका
ती अन्तिम क्षणहरुको
सम्झना गरिबसिरहेकी छु ।

बाबुको पहिचान नपाई भौतारिएका
यो पितृसत्तात्मक देशका
सन्तानहरुको भींडमा,
म त हजुरसँग जोडिएको
मेरो परिचय लिई घुमिरहेकी छु ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments