काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आइतबार विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री हुनुहुन्छ ।

मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

उहाँहरु सबै नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

Comments