काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अभिनय क्षेत्रमा होमिने तयारीमा छिन् ।

आउँदो दशै–तिहारकोबीचबाट छायांकनमा जाने अनाम चलचित्रमा एलिजा लिड रोलमा रहने बताइएको छ । उक्त चलचित्रको निर्माण समेत उनी आफैंले गर्दैछिन् । चलचित्रको निर्देशक, नायक र संगीतकार लगायत केही कलाकारको समेत टुङ्गो लागिसकेको छ । निर्माण हुने चलचित्रको हाल वर्कसप चलिरहेको छ ।

आफैं नायिकको रुपमा देखापर्न लागेकी दुई सन्तानकी आमा एलिजाले नायकमा नयाँ अनुहार दीपक घिमिरेलाई ल्याएकी छिन् । सत्यराज चौलागाईंलाई निर्देशनको जिम्मा दिइएको छ भने संगीतकारमा सुगम पोखरेल रहने छन् ।

नेपालका विभिन्न स्थानमा छायांकन गरिने उक्त चलचित्रमा करिब एक करोड रुपैयाँको लगानी गर्ने तयारीमा एलिजा रहेकी स्रोतले जानकारी दियो ।

एलिजा पछिल्लो केही वर्षदेखि क्यानाडा बस्दै आएकी थिइन् । हाल नेपाल आएर उनी चलचित्र निर्माणमा जुटेकी छिन् ।

Comments

comments