नेवारी समुदाय कला र संस्कृतिको धनी मानिन्छ । त्यसमाथि नेवारी खाजा सेट अर्थात समयबजीको स्वाद कसलाई पो थाहा नहोला ? तर परदेशमा ती सब कहाँ पाउँनु ? भन्ने सोच्नुभएको छ भने तपाई बेखबर हुनुहुँदो रहेछ ।

किनभने अष्ट्रेलियाको मेलबर्नमा नेपाल भाषाको चलचित्र पानबती प्रदर्शन हुने भएको छ ।

मिला क्रियसन्स्को आयोजनामा यही सेप्टेम्बर ६,शनिवार यो चलचित्र पानबती प्रदर्शन हुने भएको हो । ५०६ एलिजाबेथ स्ट्रिटमा अवस्थित मल्टिकल्चरल हबमा देखाइने यस चलचित्रसँगै आगन्तुक दर्शकहरुका लागि टिपिकल नेवारी खाजा समयबजीले स्वागत गरिनेछ ।

त्यसका लागि टिकट दर २५ डलर छ ।

Comments

comments