एजेन्सी । भारतको उत्तरप्रदेशको मुजफ्फरपुर खतौली नजिक रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

मुजफ्फरपुरमा भएको कलिङ उत्कल एक्सप्रेस रेल दुर्घटनामा ८० जना बढी घाइते भएको मुजफ्फरपुरका जिल्ला अधिकारी जीएसलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् ।

घाइते सबैको सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ । रेलमा रहेका अन्य दुई हजार यात्रीलाई सरकारी बसमा राखेर गन्तब्ततर्फ पठाइएको छ । पुरीबाट हरिद्वारतर्फ गइरहेको रेलको १३ डिब्बा लिगबाट बाहिर गएर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments