काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुल र लेस्टर सिटीले पहिलो जित हासिल गरेका छन् ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । यसअघि भएको यो सिजनको आफ्नो पहिलो खेलमा लिभरपुल वाट्फोर्डसँग ३–३ को बराबरीमा रोकिएको थियो ।

यस्तै शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले ब्राइटनलाई २–० ले हरायो । प्रिमियर लिगको यो सिजनमा लेस्टरको पहिलो जित हो । यसअघि भएको आफ्नो पहिलो खेलमा लेस्टर आर्सनलसँग ४–३ ले पराजित भएको थियो ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा वाट्फोर्डले बोर्नमाउथलाई २–०, वेष्ट ब्रोमले बर्नलीलाई १–० तथा साउथह्याम्पटनले वेष्ट ह्यामलाई ३–२ ले हरायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments