काठमाडौं । काठमाडौंका दीपक पराजुलीले सवारीसाधन चलाउनका लागि अनुमति पत्र लिन कानुन् बमोजिम बाहेक कुनै पनि शुल्क तिर्नु नपरोस् भनेर सर्वोच्च अखालतमा रीट निवेदन दायर गरे ।

सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिँदै भन्यो, ‘नियमावलीमा भएको ५ सय रुपैयाँदेखि कुनै पनि रकम नलिनू ।

यसैगरी, सर्वोच्चले अब परीक्षार्थीले आफ्नै सवारीसाधनले प्रयोगात्मक परीक्षा दिन पाउने गरी बाटो खोलिदिएको छ । शुक्रबार मात्र सर्वोच्चले एक कम्पनीले उपलब्ध गराएको सवारीसाधनले मात्र प्रयोगात्मक परीक्षा दिन पाउने गरी गरिएको व्यवस्थालार्य अन्तरिम आदेशबाट कार्यान्वयन नगर्न भनेको छ ।

यसबाट अब सवारीचालक अनुमतिपत्र लिन चाहने जोसुकैले पनि आफ्नै सवारीसाधनबाट प्रयोगात्मक परीक्षा दिन पाउने भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments