काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै छ । यसै अवसरमा यहाँ तीजको दरको लागी केही परिकार बनाउने विधि प्रस्तुत गरिएको छ :

ढकने

Dhakane

 

 

 

 

 

 

 

दरका रुपमा चौरासी व्यन्जन भएपनि, अनेक परिकार भएपनि ढकने लाई दरबाट हटाउने हो भने त्यो दर हुन सक्दैन । किनभने संस्कृति भनेको परम्परा पनि हो र यसलाई जस्ताको तस्तै संरक्षण गरिन आवश्यक छ । यसकारण ढकनेलाई दरमा सधै समाबेश गरौ

ढकने पकाउने तरिका
आवस्यक सामाग्री
१–एक के.जी. चामल(लङग्रेड बासमति)
२–१५० ग्राम ध्यु
३– ड्राई फ्रुट्स( ल्वाङ, सुकमेल, मरिचको धुलो, ढोलो अलैचिको दाना

पकाउने विधि-तरिका
१– कराहिमा ध्यु तताउने तताएको ध्युमा चामल राखेर सानो आँचमा भुट्ने । चामल भिजाएर पनि भुट्ने चलन छ । तर यहाँ भिजाइएको छैन ।
२–गाडा खैरो हुन्जेल भुट्ने र आगो निभाएर पनि भुटिरहने बा चलाइ रहने । केहि सेलाए पछि माथिबाट दुध राखेर सानो आचमा पकाई रहने । बेला बेलामा चालाउने । छोपी छोपी मकाउने ।
३– चामल राम्ररी पाकेपछि त्यसमा रहेको दुध सबै सुक्न दिने र चीनी राखेर राम्ररी चलाउने । त्यसपछि ड्राइ फुडहरु सबैतिर राखेर चलाउने । अलैचिको बोक्रा छोडाएर दाना मात्र राख्ने । केहि समय ढकनाले छोपेर राख्ने । यो परिकार खानको लागि तयार भयो ।
विचार गर्नु पर्ने कुरा के छ भने ढकनेको चामल एक अर्का मा टाँसिएको हुनु हुदैन । हेर्दा स्ख्खा लागेपछि यो दुध र ध्यु मा राम्ररी पाकेको ह्न्छ । पाकिसकेपछि यसको रङ खैरो हुन्छ । यसलाई जुनसूकै तरकारी संग खान सकिन्छ ।

भिण्डीको अचार

Bhindi ko Achar

आबश्यक सामग्री
१ भिण्डी १ के.जी.
२ हरियो खुर्सानि १०० ग्राम
३ न्यामिर अथवा कागति
४ तीलको छोप २०० ग्राम
५ तेल १०० मी.ली.
६ जिरा, हिंग, मेथी,
बनाउने तरीका
१ भिण्डी लामो दुई इन्चको टुक्रा पारेर चिर्ने । खुर्सानि पनि लामो पारेर चिरेर राख्नु
२ कराहीमा तेल तताउने
३ एक चमचा मेथी, एक चमचा जीरा, एक चुट्की हिंग फुराउने
४ चिरेको खर्सानि हालेर एकछिन चलाउने । केही बेर चलाउने र बेसार राखेर काटेको भिण्डी ओइरीने । नुन राखेर सबैतिर चलाउने । सानो आचमा छोपेर पाक्न दिने ।
५ हरियो ज्यामिरको अमिलो भए अति उत्तम हुन्छ यदि छैन भने कागतिको अमिलो आवश्यक मात्रामा राख्ने र छाप राखेर चलाउने । अव भिण्डीको अचार तया भयो । यो अचार भात बा पुलाउसंग खाएपनि हुन्छ । गुलियो ढकने वा हलुवा संग खाएपनि हुन्छ ।

 

च्याउ अचार – नयाँपन पुरानो शैली

masroom
अचारको स्वाद भएन भने खाना खाएको मजा नै आउँदैन । भोजमा अचार पनि निकै चाहिनछ । आलुको अचार खाने नेपाली जिब्रोमा फरक स्वादमा अचार चखाउन पाए झन मजा । किन भने यस्तै सहभोजमा त हो नि आ–आफ्नो हस्तकला र जाँगर देखाउने । आपूmले बनाएको परिकारमा आहा ! भनिदिंदा अझ आनन्द लाग्छ । यहाँ च्याउको अचारको कुरा हुँदैछ । मधेश, पहाड सबैतिर पाइने डल्ले च्याउलाई पकाएर त खाना सबैले जानेको हुन्छ तर यसलाई चटपटा स्वादमा खान पाए कस्तो होला ?
च्याउ अचार बनाउन चाहिने सामग्री र बनाउने तरिका
सामग्री
१. एक किलो डल्ले च्याउ
२. अदुवा – २०० ग्राम
३. तील – २०० ग्राम
४. खुर्सानी – हरियो , २०० ग्राम
५. तोरी तेल – १०० ग्राम
६. कागतीको रस – स्वाद अनुसार
७. नुन, बेसार, धनियाँ पत्ता, टिमुर, मेथी हिंग र तोरी दाना

बनाउने तरिका
१. डल्ले च्याउलाई राम्रो सँग पानिमा धुने र दुइ सिट्टि लगाउने । बाफ सबै उडेपछिमात्र कुकरको बिर्को खोलेर सेलाउन दिने ।
२. सेलाएको च्याउलाई चप वोर्डमा चनाको दाना आकारमा टुक्रा बनाउने
३. अदुवा खुर्किएर त्यस्तै सानो सानो टुक्रा बनाउने ।
४. तील भुटेर धुलो बनाएर राख्ने ।
५. खुर्सानी बीचमा चिरेर टुक्रा बनाउने , लामो पारेर चिर्ने ।
६. तोरीको तेल तताएर एक चम्चा मेथी कालो बनाएर फुराउने, एक चम्चा तोरीको दाना पड्काएर आयो घटाउने । त्यसमा एक चम्चा बेसार र एक चिम्टी हिंग हाल्ने । अनि अदुवा फुराउने ।
७. खुर्सानी फुराउने , छोपीदिने । खुर्सानीको खार सकिन्छ अनि मात्र ढक्कन निकालेर च्याउ हालेर सानो आगोमा २० मिनट पाक्न दिने । पाकेपछि सेलाउने ।
८. नून हाल्ने र तीलको छोप पनि हालेर चलाउने । अनी कागतीको रस हाल्ने । ग्रेभी बनाउन उमालेर सेलाएको पानी थप्दै चलाउने । धनीयाँको पत्ता र टिमुर पनि हाल्ने अन्तिममा । यो च्याउ अचार भात, चिउरा, पुलाउ, रोटी, ढिडो जे साग खाएपनि हुन्छ ।
अर्को तरीका
टमाटर र अदुवा खुर्सानीको प्युरी माथि डल्ले च्याउलाई ठूला टुक्रा गरेर पाकेको प्युरीमा डुवाएर पनि अचार बनाउन सकिन्छ । यस्तोमा उसिनेको च्याउलाई मजाले भुट्नुपर्छ र तिलको छोप पनि राख्नुपर्छ ।

हलुवा – मेवामिष्ठान नेपाली स्वादमा

Haluwa
खाना खाइसकेपछि के खाने ? मुख मिठो बनाउने कुरा गाउँघरमा सजिलै के बनाउन सकिन्छ र ? बिदेशी लड्डु, मिठाई त किनेर ल्याउला तर हामी आफैँले पनि त केही पस्किन सकौँ । यस कारण हलुवा बनाउने कुरा नै बाडौँ । यो हलुवा हाम्रै खेतमा फलेको गहुँको पिठोबाट बनाउन सकिन्छ । गहुँको पिठो छैन भने मकै, चना र फापर पनि प्रयोग गर्न सकिन्छ ।
हलुवा बनाउने सामग्री
१. आधाकिलो गहुँको पिठो
२. सुद्ध घिउ-३०० ग्राम
३. चीनी – ३०० ग्राम
४. पानी – १ लीटर
५. किसमिस – १०० ग्राम
६. काजु – ५० ग्राम
७. कपुर – एक टुड्की
बनाउने तरिका
१. घिउ तताएर पीठोलाई सानो आगोमा रातो हुने गरी भुट्ने
२. अर्को चुलामा पानी र चीनी उमाल्ने
३. राम्ररी भुटीएको पिठोमा सुख्खा देखियो भने माथिबाट घिउ थपेर फेरी भुट्ने ।
४. उमालेको चिनि पानी बिस्तारै हाल्दै चलाउने
५. सबै मिलेर एक भएपछि माथिबाट काजु किसमिस र कपुरको धुलो हाल्ने । सबै तिर राम्ररी चलाउने । यो हलुवा पूजाको लागि प्रसादको रुपमा उपयोगमा ल्याइन्छ । तर हामीले खाना पछिको मिष्ठान्नका रुपमा खान सक्छौँ । यो सुजीको हलुवा जस्तो हुँदैन । यसलाई काँटा प्रयोग गरेर पनि खान सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments