काठमाडौं। गौरिका सिंहले तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । यसअघिको आफ्नै किर्तिमानलाई भंग गर्दै उनले शुक्रबार एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा १ मिनेट शून्य दशमलब ७९ सेकेण्डको कीर्तिमान बनाएकी हुन् ।

बिसौं राष्ट्रिय पौडी प्रतियोगितामा शुक्रबार शुक्रबार महिलातर्फ गौरिका सिंहले तीनवटा र पुरुषतर्फ सुभम श्रेष्ठले दुईवटा गरि पाँचवटा नयाँ कीर्तिमान बनाएका छन् ।

गौरिकाले एक सय मिटर बटरफ्लाइमा १ मिनेट ७ दशमलब ६९ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाइन् । ५० मिटर फ्रिस्टाइलमा यसअघिको कीर्तिमान भंग गर्दै गौरिकाले २८ दशमलब ०९ सेकेण्डको समय निकालिन् । ४ गुणा एक सय मिटर फ्रि स्टाइलमा पनि गौरिकाको टोलीले स्वर्ण जितेको छ । यो सहित गौरिकाले शुक्रबार ४ स्वर्ण जितेकी छिन् । गौरिकाले बिहीबार २ स्वर्ण जितेकी थिइन् ।

सुभम श्रेष्ठले एक सय मिटर ब्रेष्ट स्ट्रोकमा १ मिनेट ११ दशमलब २४ सेकण्डको समय निकाल्दै कीर्तिमान बनाए ।
त्यस्तै ५० मिटर ब्रेष्टस्ट्रोकमा पनि सुभमले ३२ दशमलव ४० सेकेण्डको समय निकाल्दै यसअघि किरण कार्कीको नाममा रहेको रेकर्ड तोडेका हुन् । शुभले शुक्रबार २ सय मिटर ब्रेष्ट स्ट्रोकमा कीर्तिमान बनाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments