मुस्ताङ । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए ।

स्थानीय तह निर्वाचन सकिएको तीन महिनापछि साउन अन्तिम साता मुखियाको निर्वाचनसमेत भयो । जोमसोममा दुईवटा टोल छन् । सरकारी कार्यालय रहेको टोलमा रामप्रसाद थकाली र एयरपोर्ट टोलमा सुरेन्द्र थकाली मुखिया छानिएका छन् ।

न्याय–निसाफको नियमन गर्न यहाँ सरकारका वैधानिक अंग जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय छन् । विकास निर्माणको काम गर्न दर्जनौं सरकारी निकाय, गैरसरकारी संस्था छन् । स्थानीयस्तरको एजेन्डामा काम गर्न जनप्रतिनिधिसमेत आइसकेका छन् । यति हुँदा पनि यहाँ अधिकांश काम भने मुखियाले नै गर्छन् । जोमसोम बजारमा त मुखिया कार्यालय नै छ ।

जोमसोममा मात्र होइन, मुस्ताङका पाँचै गाउँपालिकामा जनप्रतिनिधि आइसकेका हुन् । दालमे गाउँपालिकामा राजु विष्ट, लोमान्थाङमा सुवर्णकुमार विष्ट, बाह्रगाउँ मुक्ति क्षेत्रमा धारा गुरुङ, थासाङमा शेरबहादुर थकाली र घरपझोङमा आसबहादुर थकाली निर्वाचित भएका छन् । २५ वटै वडामा पनि जनप्रतिनिधि छन् । तर, २५ वडाका करिब ५० गाउँमा ५० जनै मुखिया चुनिएका छन् ।

मुस्ताङमा मुखियाको रजाइँ सयौं वर्षदेखिको हो । त्यसैले सरकारी कार्यालय र निर्वाचित जनप्रतिनिधि पनि उनीहरूको अस्तित्व सहज रूपमा स्वीकार गर्छन् । उनीहरू मुखियालाई ‘अगुवा’ वा ‘सहयोगी’का रूप लिन्छन् । त्यसैले मुखिया पनि आफूसँग समन्वय नगरी गरिएको काम उल्टाइदिने हैसियत राख्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments