काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानप्रति विभिन्न किसिमले प्रहार भइरहेको बताउनु भएको छ ।

‘कुनै न कुनै ढङ्गबाट प्रहार हुने क्रम जारी छ’ अध्यक्ष दाहालले शुक्रवार योङ कम्युनिस्ट लिग (वाइसीएल)को दोस्रो सम्मेलन उद्घाटन गर्दै भन्नुभयो, ‘पुरातनवादीहरुले संविधानको कार्यान्वयन चाहेका छैनन् । तीन दलले सङ्घ र प्रदेशको चुनाव एकै चरणमा गर्ने निर्णय गरेपछि उनीहरू अत्तालिएका छन् । त्यसलाई निस्तेज पार्न जरुरी छ ।’

अध्यक्ष दाहालले राजनीतिक परिवर्तनको उपलब्धिलाई संस्थागत गर्न विभिन्न समूहमा छरिएका माओवादीबीच एकता आवश्यक रहेको बताउनु भयो । ‘माओवादी मिल्न नसके उपलब्धि गुम्ने  खतरा छ’ उहाँले भन्नुभयो, ‘पार्टी छोड्दा बाबुरामजीले पनि उत्पात्तै गर्छु भन्नु भएको थियोे, उहाँमा केसरीबाल बन्ने इच्छा थियो तर सक्नु भएन । आफै सक्किनु भो ।’

अध्यक्ष दाहालले शान्ति सम्झौतापछि माओवादी सेना शिविरमा राखिएपछि समाजमा छापामारको प्रतिनिधित्व कायम राख्न शिविरमा नपरेका सेना र जनमिलिसिया जम्मा पारेर  वाइसीएल बनाएको खुलासा गर्नुभयो ।

‘वाइसीएल अन्य दलको युवा सङ्गठन जस्तो होइन, यसले आवश्यक प¥यो भने बन्दुक हान्न सक्छ’ उहाँले भन्नुभयो, २०६४ सालको निर्वाचनमा वाइसीएलले राम्रो भूमिका निर्वाह गरेको थियो, पार्टी फुटेपछि भने कमजोर भएको छ ।’

वाइसीएलको शनिवारसम्म चल्ने सम्मेलनमा ७५ जिल्लाबाट ३ सय ३८ प्रतिनिधि र ४५ जना पर्यवेक्षक सहभागी छन् । सम्मेलनले १ सय ५१ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments