नयाँ बानेश्वर संविधान सभा भवन । सँगै जोडिएको पानी ट्यांकी । त्यसको अलिकतीभित्र राष्ट्रिय बाणिज्य बैंक र त्यसैको उपल्लो तलामा छ चाइनिज रोस्ट डक रेष्टुराँ । नाम जस्तै चिनियाँ परम्परा, संस्कृति र रितिरिवाजको झझल्को दिने गरी सुसजित रेष्टुराँमा पाइने परिकारमा पनि चिनियाँ फ्लेवर पाइन्छ । फराकिलो कोठा र त्यहाँ भित्र सुसज्जीत गोलो आकारको टेबुल कुर्सी, चिनियाँ कलाले भरिएका पोष्टर, पंखा, चपिस्टिक र ल्याम्पले सजिएका ती कोठाले त्यहाँ बस्ने जो कोहीलाइर्ए पनि आफू कुनै चीनको रेष्टुराँमा बसे जत्तिकै भाव पार्छन् ।

स्वास्थ्यवर्दक खाना, वाइफाइ सुविधा, टेलिभिजन, एसीको सुविधाले रेष्टुराँको मीठो परिकारको स्वादलाई अझ स्वदिलो बनाएका छन् । रेष्टुराँको नाममै डक राखिएको भएपछि यहाँ हाँसका अतिरिक्त माछा, चिकेन, बदेल तथा मटनका परिकार पनि पाइन्छ । त्यस्तै रेष्टुराँमा डक रोस्ट, कोल्ड स्पाइसी चिकेन, चाइनिज ट्रेडिस्नल मिक्स भेजिटेवल, होल फिस, क्रिपी फ्राइ चिकेन पाइन्छ । हाँसको मासु भने बैंककबाट आयात गरिन्छ ।

विषेश गरी चिनियाँ हाँसको रोष्ट मन पराउनेहरु परिकारको पारखीहरुका लागि रेष्टुराँले स्वादिलो परिकार पस्किरहेको छ । यो विश्वप्रसिद्ध खाना हो ।
हाँसको ब्रेस्टलाई फ्राइ गरी बनाइएको यो परिवार रुमाले रोटीमा कभर गरी तयार गरिन्छ । हाँसको बोनलेस मासुलाई रोटीसँग स्प्रिङ रोल बनान्छ । यसका लागि विशेष प्रकारको चुल्हो पनि चाइनाबाटै ल्याइन्छ । मासुलाई मेसिनमाथि झुन्डाएर आगोको रापले पकाएपछि मात्रै यो तयार हुन्छ । यो आगोको ज्वालाले नपाउने र तापले मात्रै पाक्ने भएकाले यसको स्वादमा पनि भिन्दै प्रकारको फ्लेवर पाइन्छ ।

त्यस्तै, यो परिकारबाहेक यहाँ फ्राइ गरिएको कर्न पनि स्पेशल मेनु अन्तर्गत राखिएको छ । यो फ्राइ गरिएको हुन्छ । खाजाका रुपमाभन्दा पनि ड्रिङससँगै स्न्याक्सका रुपमा यो निकै राम्रो हुन्छ त्यस्तै मसरुमको कोरेन्डर पनि यहाँको विशेष परिकार हो । ग्राहकको रोजाइमा यसबाहेक प्राउन पनि उत्तिकै मन पराउने परिकारको सूचीमा अगाडि छ ।

रेष्टुराँमा सबैभन्दा महत्वपूर्ण कुरा खाना हो । खानाको गुणस्तरीयताको कुरा हो । हामीले सकेसम्म हरेक खाना हाइजेनिक होस भन्ने कुरामा निकै ध्यान दिएका छौ भन्छन रेष्टुाराँका म्यानेजर सुरेन्द्र भट्ट । त्यस्तै खाना जति मीठो र स्वादिलो गरी बनाइन्छ उतीनै महत्वपूर्ण मानिन्छ खानाको सजावट । खानाको सजाटवमा पनि निकै मिहेनत गरिने भएकाले खाउँ खाउँ लाग्ने बनाउँछ भन्छन भट्ट । त्यसैले उनी भन्छन ‘सबैभन्दा पहिले खाना खानाले खानु पर्छ आँखालाई स्वादिलो लागेको खाना जिब्रोले गजब मान्छ ।’

रेष्टुराँ पूर्णतयाः चाइनिज भएकाले यहाँ चिनियाँ परिकारको बाहुल्यता छ । त्यस्तै, केही नेपाली र इन्डियन परिकारहरु पनि मेनूमा समावेश गरिएको छ । त्यसबाहेकका परिकारको पारखी हुनुहुन्छ भने यो रेष्टुराँ तपाईका लागि उपयुक्त छैन् ।

Comments

comments