मेलबर्न । नेपाली हिन्दू नारीहरुको ठूलो पर्व तीजको अवसरमा अष्ट्रेलियाको मेलबर्नमा हुन लागेको तीज मेला २०१७ को सम्पूर्ण तयारी पूरा भएको छ ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको आयोजनामा शनिबार हुन लागेको तीज मेलामा यसवर्ष महिला अधिकार र लैंगिक समानताको नारा अघि सारिएको छ । त्यसैले तीज मेलाबाट उठेको रकमको केही हिस्सा ईन्टरनेशनल ओमन्स डेभलपमेन्ट एजेन्सी आईडब्लूडीएलाई प्रदान गर्ने भएको छ । आईडब्लूडीएले महिलाको उत्थान र विकासमा काम गर्दै आएको छ ।

स्थानीय थनवरी थियटरमा आयोजना हुन लागेको न्याभ तीज मेलाको मूख्य आकर्षणका रुपमा लोकगायिका सुनीता दुलाल रहनेछिन् । हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आएकी गायिका दुलाले यसपटक पनि दरखाने दिन बोलको गीत ल्याएकी छिन् ।

तीज मेलामा सुनीता दुलालको प्रस्तुतिसँगै फोटो सेसन, फेशन शो समेत रहनेछ । अघिल्लो वर्ष न्याभले आयोजना गरेको तीज मेलामा ७ सयभन्दा बढी सहभागी भएका थिए । हिमालयन कङ्गारुले यसपटक पनि तीज मेलाको अफिसियल मिडिया पार्टनरका रुपमा सहकार्य गरेको छ ।

Comments

comments