एजेन्सी। रियल मड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डोले आफूमाथि अत्याचार भएको बताएका छन् । उनले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाउने निर्णय आफूमाथिको अत्याचार भएको बताएका हुन् ।

स्पेनिस सुपर कप फुटबलको पहिलो लेग अन्तर्गत बार्सिलोनासँगको खेलमा दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिने क्रममा रेफ्रीलाई धकेलेको आरोपमा पाँच खेलको प्रतिबन्ध लगाउने निर्णय भएको हो । रोनाल्डोले गोल गरेर त्यसको सेलिब्रेसनका लागि जर्सी फुकालेकाले पहिलो पहेँलो कार्ड पाएका थिए । त्यसको केही मिनेटपछि स्यामुएल उमटिटीसँगको ट्याकलका लागि उनले दोस्रो पहेँलो कार्ड पाएका थिए ।

आइतबार राति भएको बार्सिलोनासँगको खेलमा पाएको रातो कार्ड विरुद्ध रोनाल्डोले अपिल गरेका छन् । रोनाल्डोले रातो कार्ड विरुद्ध अपिल गरेपछि आफ्नो इन्स्टाग्राममा गरेको पोस्टमा आफूलाई रेड कार्ड दिने र थप चार खेलको प्रतिबन्ध लगाउने निर्णय हाँस्यास्पद र अत्याचार पूर्ण रहेको उल्लेख गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments