एजेन्सी । भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै एक सातामा कम्तीमा ३४ जना कृषकले आत्माहत्या गरेका छन् । राज्यका आठ जिल्लाका स्थानीय अधिकारीले संकल गरेको विवरणमा एक साताभित्रै यति ठूलो संखयामा कृषकले आत्महत्या गरेका थिए ।

यही ६ देखि १३ अगस्टसम्मको अवधिमा उनीहरुले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् । वर्षाको समयमा पनि औसतभन्दा कम वर्षा भएकाले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा रहेको उनीहरुको भनाई छ ।

किसानले कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए । सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झन्डै ५ सय ८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments