मेलबर्न । युवापुस्ता माझ निकै लोकप्रिय गायक विपुल क्षेत्री पुनः अष्ट्रेलियाको मेलबर्नका दर्शकहरुबीच उपस्थित हुने भएका छन् ।

फरक शैलीका गीतका कारण लोकप्रिय विपुलका सिण्डीकेट,असार लगायतका गीतहरु अत्याधिक चर्चामा छन् । भारतको नयाँ दिल्लीमा शिक्षण पेशामा संलग्न विपुल पछिल्लो समय भने देश विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमै बढी व्यस्त छन् ।

विपुल यसपटक इयुफोनिक २०१७ नामक कार्यक्रम लिएर अष्ट्रेलियाका विभिन्न राज्यका नेपाली दर्शकमाझ उपस्थित हुन लागेका हुन् । त्यसक्रममा मेलबर्नमा भने विपुलको कार्यक्रम आगामी २० अगष्ट आइतबारका लागि तय भएको छ । एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्नको प्रायोजनमा हुन लागेको इयुफोनिक २०१७ कार्यक्रममा विपुलसँगै नेपालको अल्बाट्रोस ब्याण्डको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रम Billboard द Venue , 170 Russell मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments