काठमाडौं । शिवहरीप्रसाद भट्टराई, राजविराज । बाढी पीडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेका सामग्री वितरण भईरहेको भन्दै सप्तरीका वाढि प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् ।

एनजिओ देखि जिल्ला दैविप्रकोप उद्वार समितिले वितरण गर्ने राहत सामग्री समेत गुणस्तरहिन हुने गरेको उनीहरुको गुनासो छ । यसैविच मंगलवार महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरपालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको छ । सप्तकोशी नगरपालिका वडा नम्बर ३ स्थित सखुवनी टोलमा वितरीत किट सेटमा म्याद गुज्रेको क्लोरिन फेला परेको समाजसेवी चन्द्रशेखर चौधरीले वताएका छन् । ‘सर्वसाधारणले गुनासो गरेपछि हेर्दा वास्तवमै म्याद गुज्रेसको पाईयो’– चौधरीले भने ।
समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्ने नाममा स्व–प्रचार गर्न खोज्ने एनजिओका कारण सर्वसाधारणको ज्यानै जोखिममा पार्ने काम भईरहेको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्न र राहत वितरणलाई ब्यवस्थित गर्न उनले माग पनि गरेका छन् ।

प्रहरी चौकी फत्तेपुरका सई वलवहादुर खत्रीले समेत राहत वितरणमा भईरहेको वदमासीको पुष्टि गरेका छन् । महुली सामुदायिक विकास केन्द्रलेले सप्तकोशी नपा ३ का १२० घरमा वितरण गरेको क्लोरिन म्याद गुज्रेको फेला परेपछि प्रयोगमा रोक लगाईएको उनले जानकारी दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments