काठमाडौँ  । बाढी र डुबानबारे केन्द्रित जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल चलिरहेको व्यवस्थापिका संसद बैठकमा अधिकांश कुर्सी खाली भएका छन् ।

बुधबारको व्यवस्थापिका संसद बैठकमा अधिकांश सांसद अनुपस्थित भएपछि कुर्सी खाली देखिएका हुन् । तराई मधेसका अधिकांश जिल्ला बाढी र डुबानको चपेटामा परेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले समस्या समाधान र आवश्यक नीतिगत व्यवस्थामा सार्वजनिक संकल्प आवश्यक पर्ने भन्दै व्यवस्थापिका संसदको मंगलबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको थियो ।

सो विषय अत्यन्तै महत्वपुर्ण भएपनि बैठकमा सत्ता पक्षकै सासदहरुको अनुपस्थिति बढी देखिएको छ । सरकारले पनि एक जना मन्त्रीबाट आफ्नो उपस्थिति जनाएको छ । मन्त्री तथा सत्तारुढ दलकै सांसदहरुको न्युन उपस्थितिलाई लिएर प्रमुख विपक्षी दलका सांसदहरुले सरकार र सत्तारुढ दलका सांसदहरु विषय वस्तुको गाम्भीर्यताप्रति सचेत नभएको आरोप समेत लगाए ।

प्रस्तावमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले राहत रकम थोरै भएको भन्दै कम्तिमा ५ लाख घोषणा गर्न माग गरे । सांसद डाक्टर वंशीधर मिश्रले बाढी र डुवान प्रभावित क्षेत्रमा सरकारको उपस्थिति नै नभएको भन्दै पीडीतलाई २ लाख रुपैयाको राहत घोषणा गरेर सरकारले छारो हाल्ने काम गरेको आरोप

त्यसैगरी सांसद राम कुमार भट्टराईले मृतकका परिवारलाई प्रतिपरिवार ५ लाख उपलब्ध गराई स्वरोजगार संचालन गर्नका लागि २ लाख रुपैया र्निव्याजमा उपलब्ध गराउन माग गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद अग्नि प्रसाद सापकोटाले गरिबलाई दिंदा राष्ट्र गरिब नहुने भन्दै मृतकका परिवारलाई ५ लाख उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद ईश्वरी न्यौपानेले तत्काल घोषणा भएको रकम प्रयाप्त नभएपनि राहत र उद्धारमा सरकारले सम्पुर्ण शक्ति परिचालन गरेको भन्दै सरकारको बचाउ गर्नुभयो ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले राहत रकम बढाउनुपर्नेमा नै जोड दिदै उद्धारलाई प्रभावकारी बनाउन सरकारसंग माग गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments