मेलबर्न । अष्ट्रेलियावासी एक दम्पतीले बाढीपिडितलाई तीन हजार डलर सहयोग गरेका छन् । अष्ट्रेलियाको जिलोङ निवासी रामकुमार श्रेष्ठ र प्रभा देवी श्रेष्ठले धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत बाढीपहिरो पिडितलाई सहयोग गरेका हुन् ।

उनीहरुले छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अवसरमा पार्टी आयोजना गर्ने भएका थिए। देशमा संकट परेको अवस्थामा फजुल खर्च गर्नुभन्दा त्यसलाई पिडितहरुको घाउमा मल्हम लागाउन सहयोग गर्ने उद्देश्यले पार्टी स्थगित गरि सो बापतको रकम सहयोग गरेका हुन् ।

रामकुमार श्रेष्ठ पेशाले इन्जिनियर तथा लुम्बिनी-कपिलवस्तु दिवस बिश्व अभियानका बिश्व संयोजक हुन् भने प्रभा देवी श्रेष्ठ दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments