मेलबर्न । भिक्टोरियन कलेज अफ द आर्ट्समा एनिमेसन कोर्सको पढाइ हुन्छ । यो कोर्स अन्तर्गत रहेर सैद्दान्तिक र प्रयोगात्मक दुवै तरिकाले पढाइन्छ ।

प्रत्येक विद्यार्थीले आफ्नै छुट्टाछुट्टै कम्प्युटरमा कलेजको स्टुडियोमा पढ्न पाउँछन् ।

यो कोर्स १३ हप्ताको रहेको छ । कक्षा हप्ताको सोमबार र बिहिबार बेलुका ६ बजे देखि ९ बजे सम्म संचालन हुन्छ । कोर्स अवधिभर ४ वटा शनिबारमा वर्कशप हुन्छ । दुई वटा वर्कशपमा गेस्ट स्पिकर हुन्छन् भने दुईवटा वर्कशपमा प्रयोगात्मक सेसन हुन्छ ।

यो कोर्स सुरुवाती चरणका विद्यार्थीहरु र सिप बढाउन चाहने दुवैको लागि उपयुक्त हुन्छ । राम्रोसंग योजनाबद्ध तरिकाले कोर्स अघि बढाइने हुँदा विद्यार्थीहरुले आधारभूत ज्ञानसंगै एनिमेसनमा निपूर्णता हासिल गर्न सक्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments