सिमकोट । ताक्लाकोटको भन्सार कार्यालयले गत शुक्रबारदेखि नेपाली व्यापारीले फसाएको भन्दै जथाभावी नर्ग थालेपछि ताक्लाकोटमा भएका नेपलाीका पसल बन्द भएका छन् । यसबाट पसल र होटेल व्यवसाय गरेर ताक्लाकोटमा बसेका नेपालीको बिचल्ली भएको छ ।

चिनियाँ भन्सार कार्यालयका प्रतिनिधिले जथाभावी गालीगलौज, हाजपात गर्दै पसलमा भएका सामान बोरामा हाल्दा नेपालीका १ वटा पसलका अधिकांश सामग्री जफत भएको ताक्लाकोटका व्यवसायी हेप्काका छिरिङ लामाले जानकारी दिए । साथै हेप्काका व्यवसायी कर्मा लामा र बुटिक लामा, केमीका छमु लामा, लालबहादुर लामा, अगालगाउँका पेमाजिक्मेत लामा, मुगुका दोर्जा लामा र बझाङका जगत तामाङका अनुसार सामान जफत भएको छ ।

चीनको भन्सार कार्यालयले नेपालीहरुलार्य प्रति सीमापास एक कट्टा मैदा र सोही परिमाणका अन्य दैनिक उपभोग्य सामग्री लिन दिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments