महोत्तरी । बाढीको कटान र डुबानको चपेटामा परेका महोत्तरीका झन्डै ३७ गाउँमा महामारी फैलने खतरा बढेको छ ।

डुबान र कटानमा परेका ग्रामीण क्षेत्रम झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी र जिउ चिलाउने रोग देखिने थालेको स्थानीयले बताए ।

बाढीबाट महोत्तरीका ४० हजार घरपरिवार प्रभावित भएका छा् । प्रभावित क्षेत्रमा विभिन्न किसिमका रोग फैलिने जोखिम बढेको छ । बाढीको चपेटाबाट नराम्ररी प्रभावित हुन पुगेको सदरमुकाम जलेश्वर, रामगोपालपुर, मेघनाथ गोरहन्ना, मटिहानी, बलवा, लोहारपट्टी, सम्सी, श्रीपुर, भंगहा, हरिहरपुर हरिणमरी, बथनाहालगायतका क्षेत्रमा रोगको प्रकोप फैलने खतरा रहेको स्वास्थयकर्मीको भनाई छ ।

रोग फलिने क्रम बढे पनि ती क्षेत्रमा स्वास्थ्यकर्मी टोली देखा पर्न नसकेको स्थानीयले बताए । महोत्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्रमा कटान र डुबानका कारण पक्की घर भएका छतमा बसेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments