काठमाडौं । नेपाल–चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरमा नेपालको हिमाल, पहाड र तराईमा पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्न चीनले सवा दुई अर्ब आर्थिक सहायता उपलब्ध गराउने समझदारी भएको छ ।

त्यसैगरी नेपालको पूर्वाधार विकासमा जोड दिएर लगानी भित्र्याउने समझदारीमा पत्रमा चीन र नेपालबीच हस्ताक्षर भएको छ । नेपालको सडक मार्ग, रेलमार्ग, वन, पर्यटन, जलविद्युत क्षेत्रको विकासका लागि चीनले लगानी भित्र्याउन खोजेकाले त्यसको प्रारुप तय गर्न समझदारी गरिएको अर्थ सचिव सुवेदीले बताउनु भयो ।

समझदारी छिटो कार्यान्वयनमा लैैजान दुवै मुलुक सहमत भएका छन् । समयको सीमा नतोकि भएका समझदारी छिटो कार्यान्वयनमा लैजाने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments