नेपाली महिला भलिबल टोलीले आज माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा नेपालको रातो टिमले प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलको लागि नेपालको रातो र निलो गरी दुई टोली तयार पारीएको छ । रातो टोलीको कप्तानी विनीता बुढाथोकीले गरेकी छिन् भने निलो टोलीको कप्तानी मञ्जु गुरुङले गरेकी छिन् । आज नेपाल रातोसँग खेलेपछि माल्दिभ्सको टोलीले भोली नेपाल निलोसँग तथा आईतवार पुन नेपाल रातोसँग खेल खेल्नेछ ।

नेपाली महिला भलिबल टोलीले अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न लागेको यो दोस्रो अवसर हो ।

Comments

comments