एजेन्सी । सिएरा लियोनमा पहिरोमा परि कम्तिमा तीन सय जनाको मृत्यु भएको छ । राजधानी फ्रिटाउन नजिकै लेदोमाटो सहितको पहिरो जाँदा ठूलो संख्यामा जनधनको क्षति भएको हो ।

अहिलेसम्म पहिरोमा पुरिएका २ सय ५ जनाको शव फेला परेको अन्तर्राष्ट्रिय संस्था रेडक्रसका प्रवक्ता अबुबकर तारावलीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । शव फ्रिटाउनको केन्द्रीय शव गृहमा राखिएको छ ।

लगातारको वर्षाका कारण रिजेन्ट क्षेत्रको एउटा पहाडमा पहिरो गएको हो । पहिरोले  घरहरु पुरेको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार सोमबार सबेरै पहिरो गएकाबेला धेरै मानिस सुतिरहेका थिए ।

सिएरा लियोनका उपराष्ट्रपति विक्टर बोकारिए फोहले घटना निकै गम्भीर रहेको बताउनुभएको छ । घटनास्थलमा अझै केही मानिस पुरिएको हुन सक्ने र उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ । पहिरो गएको क्षेत्र नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

Comments

comments