मेलबर्न । अष्ट्रेलियाका उप-प्रधानमन्त्री बर्नाब्य जोयेसको दुई नागरिकता रहेको खुल्न आएको छ । न्युजिल्याण्ड सरकारले जोयेससंग न्युजिल्याण्डको पनि नागरिकता रहेको कुरा सार्वजनिक गरेपछि यो तथ्य खुल्न आएको हो ।

यसले वर्तमान सरकारलाई असर पर्ने देखिएको छ । प्रधानमन्त्रीले जन्मको आधारमा नागरिकता पाइने देशबाट धेरै अष्ट्रेलियन वसाइसराइ गरि आएकोले यो समस्या अझ बढिरहने भन्दै विपक्षी पार्टीसंग मिलेर यस समस्याको समाधान गर्नको लागि वार्तामा आउन आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री जोयेसका बुवा न्युजिल्याण्डबाट आएका थिए । उनले त्यही आधारमा आफ्नो नाम न्युजिल्याण्ड नागरिकमा दर्तामा भएको हुन सक्ने र सो कुरामा आफू अनभिज्ञ रहेको बताएका छन् । उनले पद छोड्न अस्वीकार गर्दै आफू उच्च अदालत जाने र अदालतबाट न्याय पाउने बताएका छन्।

अष्ट्रेलियामा दोहोरो नगारिकताधारी व्यक्ति संसद र उच्च पदका लागि योग्य मानिदैन । जोयसको राजनीतिक भविष्य संकटमा परेको छ। स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments