काठमाडौं । बार्सिलोनाबाट २२ करोड युरोमा पिएसजी आएका नेइमारले आफूले अहिले सबैभन्दा बढी सजीव महसुस गरेको बताएका छन् ।

आइतबार पिएसजीबाट पहिलो खेल खेलेका २५ वर्षय ब्राजिलियन स्ट्राइकर नेइमारले आफू बार्सिलोनामा हुँदा भन्दा अहिले सजीव महसुस गरेको बताएका हुन् । साथै उनले भनेका छन् , ” पहिलो खेल मात्र नभएर जुनसुकै खेलमा खेलाडीको लागि गोल गर्नु महतवपूर्ण हुन्छ र म खुशी छु की हामीसंग धेरै राम्रो टिम छ ” ।

नेइमारले आइतबार राति भएको ग्यांग्वोंसँगको खेलमा एक गोल गरे भने एक गोलका लागि सहयोग गरेका थिए । यो खेलमा पिएसजी ३–० ले विजयी भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments