काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारदेखि ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याएको छ ।

नयाँ नोटमा साविक भन्दा केही परिवर्तन गरिएको छ । साविकको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन ।

यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ ।

त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक राखिएको छ ।

यी नोटमा संकेत नम्बर ढर६६ ०००००१ देखि थर४५ ९९९९९९ सम्म रहेको छ ।

Comments