बाँके । आकाशमा कालो बादल मडारिइरहेको थियो । धार बदलेर बगेको नदीको पानी सुकेर हिलो मात्रै बाँकी रह्यो । सोमबार सिमसिमे पानीमा उभिएर झुप्पी बुढाथोकी माटोको थुप्रोमाथि टोलाइरहेकी थिइन् । तर, त्यो माटोको थुप्रो नभएर उनको घर थियो । घर माटोमा पुरिएको छ । त्यहीँबाट ह्वास्स गन्ध आइरहेको थियो । त्यो गन्ध त्यहीँ पुरिएका उनका १५ वटा खसी–बाख्राको हो । वर्षभरि जम्मा गरिराखेको अन्नपात र लत्ताकपडा सबै त्यही माटोमुनि छ ।

नदीको पानी एक्कासि कसरी घरभित्र पस्यो, उनलाई केही पत्तो छैन । शुक्रबार बिहान ब्युँझिने बेलामा ओछ्यानमा चिसो पसेपछि उनी खटियाबाट ओर्लिएकी थिइन् । झिसमिस अँध्यारो, धमिलो पानी । उनको नजर नै धमिलियो । एकाएक सबैतिर पानी नै पानी भयो । दिउँसोसम्म त उनको घरमा माटो र बालुवाको ढिस्को बनिसकेको थियो ।

शुक्रबारदेखि झुप्पीको मुखमा अन्न परेको छैन । ुखान त कसरी सक्छु र १ सारा सम्पत्ति माटोमुनि गयोु, ढिस्कोतिर टोलाइरहेकी उनले भनिन्, ुछिमेकीले खाना त ल्याइदिन्छन्, आफ्नो भोकसोक सबै यतैतिर छ ।ु १० वर्षअघि पति गुमाएकी उनी घरमा एक्लै थिइन् । विभिन्न समूहबाट ऋण काढेर किनेका बाख्राजति सबै बाढीले पुरिदिएपछि उनी त्यही ढिस्को हेरेर टोलाइरहेकी छन् । जिन्दगीभरको कमाइ गयो, बस्ने ठाउँ छैन, खाने गाँस छैनु, उनले भनिन्,’ चप्पलधरी झिक्न सकिनँ। अन्नपूर्ण पोस्ट्मा समाचार  छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments