धरान । सेउती खोलाको बाढीले पाइप बगाउँदा धरान उपमहानगरपालिकामा तीन दिनदेखि खानेपानीको हाहाकार भएको छ । खानेपानी संस्थानले पाइप मर्मत नगर्दा धरानबासी खानेपानी सुबिधाबाट बञ्चित भएका हुन् ।

चारकोशेबाट बोरिङ गरी ल्याएको खानेपानीको पाइप सेउती पुलभन्दा माथिको भागमा अविरल वर्षासँगै आएको बाढीले बगाएको छ । समयमा मर्मत नगरी खानेपानी वितरण नगरेको कारण धरानवासी काकाकुल बन्नुपरेको धरान–१५ का कसमार भारतीले बताए । उनले तीन दिनसम्म पाइप मर्मत नगर्ने संस्थानका कर्मचारीलाई कडा कारबाही गर्नु पवर्ने काग गरेका छन् ।

धरानको चारकोशे जंगलबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको खानेपानीको पाइप पनि बाढीले बगाएको छ । यसैसँगै प्रतिष्ठानमा पनि पानीको अभाव भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments