काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुगेको छ । ३८ जना बेपत्ता छन् भने २५ घाइते भएका छन् । बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

शुक्रबार रातिदेखि तीन दिनसम्म आएको बाढीपहिरोबाट २ हजार ८ सय ४७ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । ३ हजार ७ सय ४७ विभिन्न पूर्वाधार संरचनामा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

पीडितहधको उद्धारका लागि २६ हजार ७ सय व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिएका छन् । बेपत्ताहरूको खोजी, उद्धार र राहत वितरणका लागि सेनाका ७ र ६ निजी हेलिकोप्टरसहित मोटरबोट र रबर्टबोट प्रयोग गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।
झापाको झापा गाउँपालिका वडा नं. ७ कुचोदह क्षेत्रबाट बाढीपीडित वृद्धको उद्धार गरी सुरक्षित स्थानतर्फ लैजाँदै सेनाका जवान ।

प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मासहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ । प्रधानमन्त्रीको टोलीले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापा क्षेत्रका बाढीपीडितलाई भेटेको छ । राहत वितरणमा कुनै कसर बाँकी नराख्न टोलीले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments