हेटौडा । तीन दिन भयो, मुखमा अन्न परेको छैन । टाँकीको साग उसिनेर पेट भरिरहेकी छन् । दूध नआउँदा शिशु रुने गर्छ । रुखको फेदमा २ थान प्लास्टिक टाँगेर चार दिनकी सुत्केरी सुस्मिता चेपाङ आश्रित छिन् । झरी छेक्न टाँगेको कालो प्लास्टिकबाट पानी थोत्रो कपडाको ओछ्यानमा चुहिएर भिजेको छ ।

त्यही थोत्रो कपडामा शिशुलाई बेरेर सुताइएको छ । छेउमा सुस्मिता सुतेकी छिन् । शिशु छिनछिनमा रुने गर्छ । दूध चुसाउँछिन तर आउँदैन । तीनवटा ढुंगा जोडेर चुलो बनाइएको छ । त्यही चुलोमा सिलाबरको कराहीमा टाँकीको साग उसिनेर राखिएको छ ।

तीन दिनदेखि सुस्मिताले त्यही साग र तातो झोलले प्राण धानिरहेकी छन् । कमजोर भएर उभिन नसक्ने भइन् । उनका पति सुमन कामको खोजीमा सोमबार बिहान हाँडीखोलाको मसिने गाउँतिर गएका छन् । तर सोमबार अबेरसम्म फर्केका थिएनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments