सप्तरी । समाजसेवीको छवि बनाइसकेका कलाकार सीताराम कट्टेल धुर्मुस तरार्इ-मधेसमा बाढी र डुबानले विपत्ति निम्तिएको सुन्ने वित्तिकै राहतका पोका बोकेर राजधानीबाट त्यता हान्निए ।

डुबानमा परेका जनताको उद्धारमा सरकारलार्इ मौसमको खराबीले छेकेका बेला धुर्मुस भने अनेक कठिनार्इ छिचोल्दै सिधै महोत्तरीको बर्दिबास पुगे । त्यहाँका मुसहरसहित डुबानमा परेका विपन्न परिवारको उद्धार र राहतमा खटिएका उनी सोमबार सप्तरी पुगे ।

त्यहाँ पुगेपछि उनले बाढीबाट घरबास गुमाएर जिउमा एकसरो लुगा समेत नभएका सयौँ स्थानीय भेटे । घरको नाम निशाना नभएका पीडितहरूको उद्धारका लागि उनले कुनै ढिलाइ गरेनन् । अनि होम्मिए डुबान भएका ठाउँबाट स्थानीयको उद्धारमा ।

दिनभरी उद्धारमा खटिएपछि उनले सोमबार राति सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेका छन् । ती तस्बिरले इच्छा र चहाना भएमा मानवीय सेवा गर्न प्रकृतिले पनि छेक्दैन भन्ने देख्न सकिन्छ ।

तस्बिरमा उनी आफू पनि अर्धनग्न अवस्थामा डुबान भएको ठाउँमा हेलिएका छन् । जहाँ उनको कम्मर भन्दा माथि पानी छ । अनि उनले बोकेका छन् साना बालक, जसलार्इ उद्धार गरेर उनी सुरक्षित स्थानमा लाँदैछन् ।

‘न खाने गाँस छ न त बस्ने बास छ । सम्पत्तिको नाउँमा शरीरमा एक सरो लुगा बाहेक केही बाँकी छैन’, केही तस्बिरसहित सामाजिक सञ्जला फेसबुकमा उनले लेखेका छन्, ‘निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको कथा बेथा हो यो ।’

जसका लागि उनले राहत लिएर गएका थिए, उनीहरूलार्इ राहत बाँड्नै गारो भए उनलार्इ । त्यसैले डुबानमा परेका गाउँलेलार्इ उद्धार गरेर मात्रै उनले राहत बाँडे । ‘हामीले लिएर गएको राहतको समाग्री उहाँहरु रहेको स्थान सम्म पुर्याउन निकै कठिन परेपछि उहाँहरुलाई सुरक्षित स्थानमा भेला गराई मुस्किलले राहत प्रदान गरियो’, उनले लेखेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments