काठमाडौँ  । गत शुक्रबारदेखिको अविरल बर्षासँगै आएको बाढी र पहिरोबाट देशभर ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । चार दिनदेखिको अविरल बर्षासँगै आएको बाढीले पूर्वी र मध्य तराईसहित पश्चिमी तराईका जिल्लाहरुमा बढी क्षति गरेको थियो ।

गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा पूर्वान्चल ३६, मध्यमान्चल ३२, मध्य पश्चिमान्चल १२ र पश्चिमान्चलमा दुई जनाको ज्यान गएको छ । बाढीपहिरोमा परि अझै ४७ बेपत्ता छन् भने २१ जना घाइते भएका छन् ।

बाढी पहिरो र डुवानबाट तीन हजार भन्दा बढी घरमा क्षति पुगेको छ भने ४५ हजार ७ सय ५० विस्थापित भएका छन् । बर्षा हुने क्रममा रोकिएसँगै जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको छ ।

बर्षा रोकिएपछि नदीमा पानीको सतह घट्दै गएकाले बेपत्ताहरुको शव फेला पर्ने क्रम पनि बढेको छ । शनिबार मोरङको विराटनगरबाट बेपत्ता भएका तीन युवाको शव भारतको जोगबनीस्थित रेलवे स्टेशन नजिकै सोमबार फेला परेको थियो ।

बाढीबाट झापा, मोरङ, सुनसरी , सप्तरी, सिरहामा २७ हजारभन्दा बढी घरमा क्षति पुगेको छ  । ति क्षेत्रमा पानी पर्ने क्रम रोकिएपछि विस्थापित घर फर्कन थालेका छन् । तर राहात प्रभावकारी नबन्दा पीडित भोकभोकै बस्न बाध्य छन् ।

इटहरी, विराटनगर, धरान, विर्तामोड, दमक र भद्रपुर लगायतका मुख्य बजार बन्द हुँदा दैनिक उपभोग्य सामाग्री किनमेल गर्न समेत समस्या भएको छ । यसैगरी मध्यपश्चिमका दाङ, सुर्खेत , बाँके, बर्दिया, कालिकोट र सल्यान तथा सुदुरपश्चिमका कैलालीमा समेत हजारौ विस्थापित भएका छन् ।

यसैगरी दुई दिनदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड मध्यान्हबाट सन्चालनमा आएको छ । पाँच किलोमा गएराति गएको पहिरोका कारण सडकखण्ड अवरुद्ध भएको थियो ।

उता दार्चुलामा चार दिनदेखि अवरुद्ध महाकाली लोकमार्ग अझै खुल्न सकेको छैन । गत शुक्रबारदेखि पहिरो गएर अवरुद्ध रहेको महाकाली लोकमार्गको खलंगा गोकुलेश्वर सडक खण्ड अझै संचालनमा आउन नसकेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments