काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीले नेपाल-भारत सम्बन्ध ईश्वरले बनाएको बताउनुभएको छ । भारतको ७०औं स्वतन्त्रता दिवसको पूर्वसन्धामा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पुरीले नेपाल-भारत सम्बन्ध सदियौँदेखि चलिआएको र यसलाई ईश्वरले नै बनाएकोले शंका उपशंका नगर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा पुरीले भारतले नेपालको हरेक विकास निर्माणमा सहयोगी भूमिका निभाउने बताउनुभयो। उहाँले भारतको चाहाना नेपालमा विकास र समृद्धि भएकाले यसका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको तयारी तीब्रगतिमा भएको भन्दै पुरीले प्रधानमन्त्रीको भ्रमणमा जलविद्युत, रेल्वे, सडक र सम्पर्क सञ्जालजस्ता विषयमा छलफल हुने बताउनुभयो।

‘प्रधानमन्त्रीको भारत भ्रमणका बेला विशेष गरी जलविद्युत, रेल्वे लाइन, सडक र सम्पर्क सञ्जालका विषयमा छलफल र परामर्स हुन्छ,’ उहाँले भन्नुभयो, ‘भारतको सहयोगमा वा अन्य कुनै पनि जारी निर्माणाधीन परियोजना र कार्यान्यनवमा भ्रमणमा जोड दिनेछ।’

प्रधानमन्त्री देउवाको यो भ्रमण फलदायी र सफल हुने चाहना रहेको बताउँदै उहाँले सोही अनुसार तयारीमा लागेका बताउनुभयो ।

नेपालले चाहेको सहयोग गर्न भारत सधै तयार रहेको भन्दै पुरीले भन्नुभयो, ‘नेपालले के चाहन्छ त्यसको लागि भारत सधैँ सहयोग गर्न तयार छ।’ नेपालमा सञ्चालित र निर्माणाधीन नेपालका आफ्नै परियोजनामा क्षमताले भ्याएसम्म साथ दिन तयार रहेको पुरीको भनाइ थियो ।

‘नेपालसँग भारतका ५ वटा प्रान्तमा १८ सय किलोमिटर क्षेत्रफल जोडिएको छ । यो हाम्रो सम्बन्ध ईश्वरले नै बनाएका हुन्’, उहाँले भन्नुभयो, ‘सबका साथ हाम्रो सवका विकास अभियान हाम्रा छिमेकीसँग सधै लागू हुन्छ। घनिष्ट मुलुक भएकाले नेपालसँग हाम्रो सधै साथ रहनेछ, मोदीको नीति भनेकै छिमेकी प्रथम भन्ने हो, त्यसैले यसबाट नेपालमा धेरै विकासमा सम्भावना छ ।’

भारतले ७० वर्षको इतिहासमा तीब्र आर्थिक विकास गरेको उदाहरण दिँदै उहाँले आफ्नो छिमेकी मुलुक त्यो पनि पहिलो र अति घनिष्ट छिमेकीको हिसाबले नेपालप्रति हाम्रो सदासयदा रहने बताउनुभयो ।

केही दिनदेखि मुलुकको तराई क्षेत्रमा आएको बाढीका विषयमा उहाँले समस्या समाधानका लागि  दुई देश बसेर छलफल गरेर टुंग्याउनुपर्ने बताउनुभयो।

६ महिनाबीचमा नेपाल र भारतबीच भएको उच्चस्तरीय भ्रमण संसारको कुनै पनि मुलुकमा नभएको भन्दै उहाँले यो सम्बन्ध प्रगाढ र सौहार्दपूर्ण भएको बताउनुभयो ।

‘संसारको कुनै पनि मुलुकमा हाम्रो जस्तो सम्बन्ध छैन। ६ महिनाको अवधिमा हाम्रो ५ वटा उच्चस्तरीय भ्रमणहरू भए। भारतीय राष्ट्रपति नेपाल आउनु भयो, नेपालका राष्ट्रपति भारत जानुभयो, नेपालको प्रधानमन्त्रीप्रचण्ड दुई पटक भारत जानुभय’, पुरीले भन्नुभयो, ‘भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल आउनु भयो र फेरि नेपालका प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ।  यस्तो भिजिट अरू मुलुकसँग हुन्न। नेपालमा हाम्रो त्यत्रो प्राथमिककता छ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments